Listen Live

चौरजहारी भयो पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

चौरजहारी भयो पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा


१५ जेष्ठ २०७६
ए.एफ.एम. न्युज डेस्क
रुकुम पश्चिम
      रुकुम पश्चिमको चौरजहारी नगरपालिका पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।
 १२ औं गणतन्त्र दिवसको अवसर पारी एक विशेष कार्यक्रमका विच पुर्ण खोप सुनिश्चित नगर घोषणा गरीएको हो ।
नगरपालिका भित्रका १२ देखि २३ महिना सम्मका सवै वालवालिकाहरुले १ वर्षको उमेर भित्र पुर्ण खोप पाएको सुनिश्चित भए संगै नगर प्रमुख विशाल शर्माले पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
नगर स्वास्थ्य शाखाले १४ वटा वडामा वसोवास गर्ने ४ सय ५२ जना वालवालिकाहरुको सर्वेक्षण गरेको स्वास्थ्य संयोजक अकविर घर्तिले जानकारी दिनुभयो ।
गणतन्त्र दिवसको अवसरमा नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुलाई सम्मान गरेको थियो ।
उनीहरुलाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यमा सहयोग पुरयाएको भन्दै सम्मान गरीएको हो ।
साथै सो अवसरमा पत्रकार गोपाल रेग्मी ,ज्ञानु गौतम दिपेन्द्र शाह र सुनिल थापालाई पुर्ण खोप सुनिश्चित कार्यमा सहगोग पुरयाएको भन्दै प्रसंसा पत्रले सम्मान गरिएको थियो ।
दिवसको अवसमा नगरपालिकाले यस अघि दिप प्रज्वलन,वजार सरसफाई कार्यक्रम समेत संचालन गरेको थियो । नगरपालिकाको प्रागंनमा आयोजना गरीएको उक्त कार्यक्रममा संस्कृतिक लोक नृत्य तथा पिटी प्रर्दशन समेत गरीएको नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत तारा वहादुर कंवरले जानकारी दिनुभयो ।
सोही अवसमा चौरजहारी अस्पतालका प्रसाशक डिल वहादुर गिरीले नगरपालिका प्रमुख विशाल शर्मालाई अत्याधुनिक पानी प्रसोधन फिल्टर  हस्तान्तरण गर्नुभयो । उक्त फिल्टर १४ वटै वडा कार्यालयहरुमा प्रयोगमा ल्याईने वताईएको छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP