Listen Live

६० लाख वरावरको कृषि उत्पादन सामाग्री वितरण

६० लाख वरावरको कृषि उत्पादन सामाग्री वितरण
 
गोपाल रेग्मी
२३ जेष्ठ २०७६
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई तकारी तरकारी बीउ जोनले आज कृषक समुह र शहकारी संस्थालाई ६० लाख वरावरको कृषि उत्पादन सामाग्री वितरण गरेको छ ।
तरकारी बीउ जोनले एक औपचारिक कार्यक्रमको आयोजना गरी सानीभेरी गाउपालिका र चौरजहारी नगरपालिका अन्तरगत रहेका कृषि समुह र शहकारी संस्थाहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
कृषि लाई यान्त्रिक र प्रविधि संग जोडेर कृषकहरु लाई कृषि पेशामा सहज वनाउने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर ६१ वटा स्प्रे टयांकी, र २ सय ५० वटा तरकारीको बीउ ओसाउने पंखा वितरण गरीएको छ ।
 त्यसैगरी तरकारी बीउ जोनले १ थान विरुवा रोप्ने मेसिन १ थान डयागं गराउने मेसिन र ३५ वटा बीउ स्टोर गर्ने सामाग्री वितरण गरीएको निमित्त वरिष्ठ कृषि अधिकृत महेश चन्दले जानकारी दिनुभयो ।  
सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी एवम चौरजहारी नगरपालिका उप प्रमुख राधा रोकाले कृषिमा भित्रिएको प्रविधिले कृषकहरुको जीवन स्तरमा परिवर्तन ल्याउन सहयोग पुग्ने वताउनु भयो ।
मिनी ट्रिलरको प्रयोग वाट जमिन जोत्न सहज छिटो र समयको वचत हुने भन्दै उप प्रमुख रोकाले यसतर्फ कृषकहरुको आकर्षण वढेको कुरा औल्यानु भयो ।
कार्यक्रममा चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनन्जय आचार्य ,वडा नम्वर ८ का वडा अध्यक्ष डम्वर वहादुर मल्ल प्रशिक्षक टिकाराम वली,तरकारी जोन संचालक समितिका सचिव गोपा वि.एम .अगुवा कृषक तेज वहादुर वटाला लगाएतका वक्तहरुले कृषिमा यान्त्रिकरण र आधुनिकिकरण कार्यमा वितरण गरिएका सामाग्रीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो ।
तरकारी तरकारी जोन ईकाईका निमित्त वरिष्ठ कृषि अधिकृत महेश चन्दले संचालन गर्नुभएको कार्यक्रममा जोन संचालक समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता रहेको थियो ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP