Listen Live

चौरजहारी नगरपालिकाले दियो १ सय ६२ जनालाई रोजगार

चौरजहारी नगरपालिकाले दियो १ सय ६२ जनालाई रोजगार

१ असार २०७६
आफनो एफ.एम.न्युज डेस्क
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले  १ सय ६२ जनालाई नयाँ रोजगारी सिर्जना गरेको छ ।
नगरपालिकाको वडा नं १ देखि वडा न ं१४ सम्मका वेरोजगार युवा युवति तथा प्रौढ उमेर समुहका व्यक्तिहरुले भरेको फारमको आधारमा नयाँ रोजगारी सिर्जना गरेको हो ।
नगरपालिकामा फारम भरेका कुल ४ हजार ४२ जना मध्य पहिलो पटक १ सय ६२ जनालाई आज वाट रोजगारीको अवसर प्रदान गरिएको छ ।
नेपाल सरकारले वेरोजगार व्यक्तिहरुलाई उनीहरुको योग्यता र क्षमताको आधारमा श्रममा जोडनको लागी केहि महिना पहिले देशका ७ सय ५३ वटै स्थानिय तहमा वेरोजगार फारम भर्न आह्वान गरेको थियो ।
नेपालको संविधानको धारा ३३ मा उल्लेख भए अनुसार उनीहरुलाई रोजगारीको हक सिर्जना गरीएको रोजगार संयोजक कृष्ण शर्माले जानकारी दिनुभयो ।
 नयाँ रोजगारीमा संलग्न व्यक्तिहरुले आर्थिक वर्ष २०७५÷७६ को कुल ३६ लाख वजेट वाट दैनिक ६ सय ४०को दरले उक्त रकम पाउने छन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नगरपालिकामा रहेका वेरोजगार व्यक्तिहरुलाई सडक ,खानेपानी ,विद्यालय भवन निर्माण ,लगाएत आवाश्यकताको आधारमा काममा लगाईने नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
नगरपालिका भित्र वसोवास गर्ने  वेरोजगार  मध्यका विपन्न र न्युन आय भएका व्यक्तिहरुलाई पहिलो प्राथामिकतामा रोखेर रोजगारी सिर्जना गरिएको उप प्रमुख राधारोकाले वताउनुभयो ।
नगर प्रमुख विशाल शर्माको अध्यक्षता रहेको प्रधानमन्त्री रोजगार शुभारम्भ कार्यक्रममा नगर उप प्रमुख राधा रोकाकोे प्रमुख आतिथ्यता रहेको थियो । चौरजहारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका निमित्त प्रमुख प्रशासकिय अधिकृत तारा वहादुर कंवर वडा अध्यक्ष शिक्षक वुद्धिजिवी  लगाएतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
 

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP