Listen Live

विजयश्वरी जनसेवा यातायात प्रा.लि.स्थापना ५५ वटा अटो संचालनमा

विजयश्वरी जनसेवा यातायात प्रा.लि.स्थापना ५५ वटा अटो संचालनमा



३ श्रावण २०७६
आफनो एफ.एम .न्युज डेस्क
रुकुम पश्चिमको चौरजहारीमा आज एक औपचारीक कार्यक्रमका विच विजयश्वरी जनसेवा यातायात प्रा.लि.को प्रधानकार्यालय स्थापना गरीएको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर १ विद्युत कार्यालय नजिकै उक्त कार्यालयको स्थापना गरिएको हो ।
चौरजहारी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष भद्र वहादुर विष्टले कार्यालयको उदघाटन गर्दै अटो यातायात सेवाले चौरजहारी नगरवासीलाई यातायातको क्षेत्रमा  पुरयाएको योगदानको प्रसंसा गर्नुभयो ।
स्थानीय तथा वाहय जिल्ला सल्यान जाजरकोट वाट चौरजहारीमा सेवा लिनआउने यात्रुहरुलाई नियमित सेवा प्रदान गर्दै आईरहेको स्मरण गर्दै वडा अध्यक्ष विष्टले सुरक्षित रुपमा यात्रा गराउन अटो व्यावसायीहरुलाई निर्देशन दिनुभयो ।
कुल ५५ वटा अटो मध्य ४२ वटा अटो दर्ता भएका र वाँकी १३ वटा अटो दर्ताको प्रक्रियामा रहेको प्रा.लि.का अध्यक्ष मनोहर विष्टले वताउनुभयोे ।
 ६ सदस्य पछि थप्नेगरी अध्यक्ष मनोहर विष्ट उपा अध्यक्ष पुष्कल मल्ल ,कोषा अध्यक्ष संजिव मल्ल सचिव डिल्ली रावत ,महासचिव भरत वि.क प्रा.लि.मा रहेका छन ।
भौगोलिक विकटतालाई ध्यानमा राखेर चौरजहारी नगरपालिकाले भ्याली भित्रको वडा नम्वर १,नाखिरा घारिगाउँ ,लामिछाने गाउँ, वडा नम्वर २ को त्रिवेणी,विजयश्वरी, वडा नम्वर ३ को टाटागाउँ ,स्यालखोला ,र पुलमटेला सम्मको रुट प्रमिट दिएको उप प्रमुख राधा रोकोले वताउनुभयो ।
नगरपालिकाले रुट प्रमिट भ्याली भित्र मात्रै दिएको भएपनि यात्रुहरुको मागलाई ध्यानमा राखेर आफुहरु वडा नम्वर ४ मनकोट,वडा नम्वर ५ खहरे संगै वडा नम्वर ७ नार्जी ,वडाम्वर ८, सोतिगेष्मा वडा नम्वर ९ कोटजहारी ,वडा नम्वर १० खोलागाउँ सम्म पुग्नेगरेको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
अटो यातायात सेवा प्रा.लि.मा दर्ता भए संगै यसलाई व्यवस्थित र सुरक्षित यात्राको लागि प्रा.लि.ले जोडदिने उहाँको भनाई छ ।

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP