Listen Live

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) चौरजहारी नगर कमिटीको पहिलो वैठकले के गरयो निर्णय

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) चौरजहारी नगर कमिटीको पहिलो वैठकले के गरयो निर्णय
गोपाल रेग्मी
आफनो .एफ.एम.
८ श्रावण २०७६
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को पहिलो वैठक सम्पन्न भएको छ ।
रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरीएको वैठकले श्रीकृष्ण शर्माको अध्यक्षतामा  ८१ सदस्य नगर कमिटी गठन गरेको हो ।
कमिटीको सचिवमा पुर्व एमाले वाट बिर वहादुर राणा लाई चयन गरीएको छ ।
 पार्टीको केन्द्रिय निर्णय अनुसार भाग वण्डाको आधारमा सचिव सहित २८ सदस्य पुर्व एमाले र अध्यक्ष सहित ५३ सदस्य पुर्व माओवादी वाट गरी ८१ सदस्य नगर कमिटी गठन गरीएको नव गठित समितिका अध्यक्ष श्रीकृष्ण शर्माले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज राजकुमार शर्मा ,स ईन्चार्ज एवम केन्द्रिय सदस्य शेर वहादुर के.सी. सह ईचार्ज वसन्त शर्मा ,जिल्ला अध्यक्ष गोपाल शर्मा अनल ,सचिव बिमल कुमार पुण लगाएतका नेताहरुले गठित समितिलाई वधाई एवम शुभकाना दिनुभएको थियो ।
त्यसैगरी नव गठित कमिटीका सदस्यहरुलाई (नेकपा ) कर्णाली प्रदेश सदस्य महेन्द्र वहादुर शाही,विशाल शर्मा ,क्रृषि प्रसाद जैसी ,चन्द्र वहादुर वि.क,राधा रोका,र पुष्प वादीले पनि  नव गठित समितिका सदस्यहरुलाई वधाई तथा सफल कार्यकालको शुभकाना मनतव्य दिनुभयो ।
वधाई मन्तव्यको क्रमकमा जिल्ला प्रदेश एवम केन्द्रिय कमिटीका सदस्यहरुले लामो समय सम्मको खडेरीको अन्त्य भएको भन्दै आजको दिन देखि नगरमा  एमाले र माओवादी नभएर सवै सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का सदस्य भएको भन्दै सवै सदस्यहरु एकता वद्धभएर पार्टी र संगठनको काममा लाग्न निर्देशन दिनुभयो ।
देश र जन्ताको विकास र जीवन स्तरलाई माथी उठान सक्रिय र समाजवादको वाटोमा लागेको पार्टी कम्युनिष्ट पार्टी भएको भन्दै ईन्चार्ज राजकुमार शर्माले  सरकारले गरेका राम्रा कामको आलोचना विपक्षी पार्टीले गरेर जन्तामा भ्रमको खेति गरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।
त्यसको चिरफार नव गठित समितिले पार्टी र सरकारले गरेका कामको प्रचार जन्ता सम्म पुरयाउनु पर्ने आवाश्यकता रहेको औल्याउनु भयो ।
जिल्ला सह ईन्चार्ज एवम केन्द्रिय सदस्य शेर वहादुर के.सीले नेपाल कम्युनिष्ट पार्टी जन्तामा आधारित पार्टी भएको भन्दै राष्ट्रिय अखण्डता ,जन्तामा निहित सार्वभौम सत्ता किसान मजदुर वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी भएकोले  उत्साहका साथ जन्ताको विचमा गएर काम गर्न नव गठित समितिका सदस्यहरुलाई निर्देशन दिनुभयो ।
नवगठित समितिले श्राउण मसान्त सम्म नगरका १४ वटै वडामा वडा कमिटी ,टोल कमिटी,र सेल कमिटी निर्माण गरी सक्ने समय तालिका वनाएको छ ।
 त्यसैगरी सदस्यता वितरण तथा आवाश्यकताको आधारमा स्तानिय सरकारका काम कार्वाहीको वारेमा सल्लाह शुझाव दिनको लागी परामर्श समिति समेत गठन गरिने सचिव विर वहादुर राणाले वताउनुभयो । गठन हुने वडा कमिटीमा पुर्वएमाले वाट ५ र पुर्व माओवादीले ९ वटा वडा लिने सहमति भएको छ ।
श्रावण महिना कुन वडामा कति गते कमिटी गठन हुदै छन । तल हेर्नुहोस ।    
क्र.स.    चौरजहारी नगरपालिका वडा नं    कमिटी गठन हुने मिति
१.    वडा नम्वर १    श्रावण  १२ गते
२.    वडा नम्वर २    श्रावण  १३ गते
३.    वडा नम्वर ३    श्रावण  १४ गते
४.    वडा नम्वर ४    श्रावण  १५ गते
५.    वडा नम्वर ५    श्रावण  १६ गते
६.    वडा नम्वर १०    श्रावण  १७ गते
७.    वडा नम्वर १३    श्रावण  १८ गते
८.    वडा नम्वर १४    श्रावण  १९ गते
९.    वडा नम्वर ११    श्रावण  २० गते
१०.    वडा नम्वर १२    श्रावण  २१ गते
११.    वडा नम्वर ६    श्रावण  २२ गते
१२.    वडा नम्वर ९    श्रावण  २३ गते
१३.    वडा नम्वर ७    श्रावण  २४ गते
१४.    वडा नम्वर ८    श्रावण   २५ गते


Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP