Listen Live

३ वर्ष सम्म वन्द रहेको रुकुमको एक सामुदायिक विद्यालय पुनह संचालनमा आयो ।

३ वर्ष सम्म वन्द रहेको रुकुमको एक सामुदायिक विद्यालय पुनह संचालनमा आयो ।
गोपाल रेग्मी
९ श्रावण २०७६
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ मा रहेको एक सामुदायिक विद्यालय ३ वर्ष पछि पुनह संचालनमा आएको छ ।

 २०३२ सालमा स्थापना भएको आधारभुत विद्यालय नाखिरा स्थानीय सामुदायका अगुवा व्यक्ति शिक्षक एवम अविभावको सक्रियतामा पुनह संचालनमा आएको हो ।

३ वर्ष पहिले विद्यार्थीहरु नहुदा वन्द भएको विद्यालयमा हाल २ सय ५० भन्दा वढी विद्यार्थीहरु विद्यालयमा नियमित रुपमा आउने गरेको विद्यालयका प्रधानअध्यापक रुद्रलाल आचार्यले जानकारी दिनुभयो ।

विगतमा नगरको पुरानो र गुणस्तरिय शिक्षा प्रदान गर्न सफल विद्यालयको रुपमा स्थापित उक्त आधारभुत विद्यालयको पठन पाठन तथा भौतिक पुर्वाधार व्यवस्थापनको काम समेत संगसंगै भैरहेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनलाई सहयोग पुराउनको लागी आज एक कार्यक्रमका विच चौरजहारी उद्योग वाणिज्य संघका महासचिव एवम ममता ईन्टरप्राईजेजका प्रोप्राईटर केशवराज गिरीले टाई वेल्ट वितरण गर्नुभएको छ ।

केशवराज गिरी विद्यालयको प्रांगनमा आयोजना गरीएको उक्त टाई वेल्ट वितरण गर्दै गिरीले निजि विद्यालयका विद्यार्थीहरु संग प्रतिसप्रधा गर्न सक्ने जनशक्ती यस विद्यालय वाट उत्पादन हुने आशा आफुले लिएको वताउनुभयो ।

कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष भद्र वहादुर विष्टले लामो समय सम्म वन्दरहेको विद्यालय आफु र शिक्षकहरुको सक्रियतामा घरदैलो अभियान कार्यक्रम गरेपछि विद्यालय पुनह संचालनमा आएको जानकारी दिनुभयो ।  

Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP