Listen Live

आँखा उपचार ईकाई स्थापनाको लागी कर्णाली प्रदेश सरकारले दियो १० लाखको सामान

आँखा उपचार ईकाई स्थापनाको लागी कर्णाली प्रदेश सरकारले दियो १० लाखको सामान
रेडियो आफनो एफ.एम
गोपाल रेग्मी
१९ श्रावण २०७६
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आँखा उपचार ईकाई स्थापनाको लागी कर्णाली प्रदेश सरकारले १० लाख वरावरको सामान प्रदान गरेको छ ।
मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पतालमा पहिलो पटक आँखा उपचार ईकाई संचालनको लागी एक कार्यक्रमका विच उक्त रकम वरावरको सामाग्री हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मान वहादुर वि.क. सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घन वहादुर थापा थापाले चौरजहारी अस्पतालका प्रमुख डिल वहादुर गिरी र अस्पतालका डाक्टर कालेव वुढालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
आँखा उपचार ईकाई संचालनको लागी आँखा जाँच मेसिन ,एक थान, औषधि ,चस्मा र १ थान डेस्कप कम्प्युटर, अस्पताललाई प्रदान गरिएको छ ।
सामाग्री हस्तान्तरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मान वहादुर वि.क ले  रुकुम सल्यान तथा जाजरकोट जिल्लाका आँखा सम्वन्धि समस्या भएका विरामीहरुलाई यस ईकाईले ठुलो राहात दिने विश्वास व्यक्त गर्नुभयो ।
सोही क्रममा उहाँले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यको क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेको वताउदै घुम्ति अस्पतालको अवधारणालाई अवल्मवन गरेको जानकारी दिनुभयो ।
आँखा उपचार ईकालाई थप व्यवस्थित गर्नको लागी ९ लाख वरावरको आँखा उपचार कक्ष निर्माणको लागी समेत सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले वजेट उपलव्ध गराउने उहाँको भनाई छ ।
आगामी भाद्रको पहिलो साता देखि आँखा उपचार ईकाई संचालनमा आउने नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घन वहादुर थापाले वताउनुभयो ।   
कार्यक्रममा चौरजहारी अस्पतालका डाक्टर कालेव वुढाले यस क्षेत्रका विरामीहरुको आवाश्यकतालाई मध्यनजर गरी चौरजहारी नगरपालिका ,सामाजिक विकास मन्त्रालय  र नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको सयुक्त सहकार्यमा संचालन हुन लागेको ईकाई लाई व्यवस्थित रुपमा संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आँखा उपचार सामाग्री हस्तान्तरण कार्यक्रम चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Latest News

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP