Listen Live

चौरजहारी नगरपालिका स्तरिय स्वास्थ्य संस्थाको वार्षिक समिक्षा

चौरजहारी नगरपालिका स्तरिय स्वास्थ्य संस्थाको वार्षिक समिक्षा
६ भाद्र २०७६
गोपाल रेग्मी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पालिका स्तरिय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा स्वास्थ्य संस्थाहरु वाट प्रवाह भएका सेवा सुविधाहरुको वारेमा वार्षिक प्रगतिविवरण प्रस्तुत गरीएको हो ।
नगरपालिका भित्ररहेका प्राथामिक स्वास्थ्य केन्द्र कोटजहारी ,स्वास्थ्य केन्द्र पुर्तिककाँडा ,स्वास्थ्य केन्द्र खोलागाउँ,स्वास्थ्य केन्द्र नुवाकोट,स्वास्थ्य केन्द्र विजयश्वरी खहरे र चौरजहारी अस्पतालले गत आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका हुन ।
प्रस्तुत प्रगति विवरण अनुसार गएको आर्थिक वर्षमा चौरजहारी नगरपालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुले सेवा ग्राहीहरुलाई स्तरिय सेवा प्रदान गरेको पाईएको छ ।
प्रगतिविवरणमा सवै स्वास्थ्य संस्थाहरुले नियमित रिर्पोटिंग,खोप सेवा,ओपिडी सेवा,प्रसुति सेवा,आमा सुरक्षा कार्यक्रम वच्चाहरुको तौल,गर्भवती आमाहरुको गर्भजाँच ,ल्याव ,भिडियो एक्सरे, शल्यक्रिया लगाएत का स्वास्थ्य सेवा निर्धारित लक्ष्य अनुरुप प्रदान गरिएको नगर स्वास्थ्य संयोजक अकविर घर्तिले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्वर ७ का वडा अध्यक्ष ईन्द्रलाल शर्माले प्राथामिक स्वास्थ्य केन्द्र कोटजहारीमा नियमित डाक्टर र फार्मेसी सेवा संचालनको लागी जनशक्ती आवाश्यक रहेकोले व्यवस्थापनको लागी नगरपालिका लाई आग्रह गर्नुभयो ।
त्यसैगरी चौरजहारी अस्पताल वाट कार्यक्रममा सहभागी घुर्क वुढाथोकीले रेविज र शर्प दंसका विरामीहरुका लागी लगाईने भ्याक्सिन नहुदा विरामीहरु जाजरकोट र नेपालगञ्ज रेफर गर्नुपर्ने वाध्यता रहेकोले भ्याकिसन आपुर्तिको लागी नगर र जिल्ला अस्पताल रुकुमले पहल गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै चौरजहारी अस्पतालका डाक्टर कालेव वुढाले पछिल्लो समयमा सर्ने रोग भन्दा पनि नसर्ने रोगका विरामीहरुको संख्यामा वृद्धी  हुनथालेको तथ्यांक प्रस्तुत गर्दै मद्यपान धुम्रपान,सुर्ति र सुर्तिजन्य पदार्थ सेवनमा न्युनिकरण गर्ने कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले विश्व स्वास्थ्य संगठनमा आवद्ध भएका देशहरुले कुल वजेटको १० प्रतिसत रकम स्वास्थ्यमा छुटयाउनु पर्ने व्यवस्था भएपनि नेपालमा त्यो कार्यान्वयन नभएको भन्दै त्यसतर्फ जनप्रतिनिधिहरुले ध्यानदिनुपर्ने आवाश्यकता रहेको औल्यानुभयो ।
समिक्षा कार्यक्रममा नगर प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता उप प्रमुख राधा रोका,प्रमुख प्रशासकिय अधिकृत तारा वहादुर कंवर चौरजहारी अस्पतालका वाल रोग विशेषज्ञ डाक्टर कालेव वुढा जिल्ला अस्पताल रुकुमका सिअहेव अधिकृत  दिपक केसी, नगर शिक्षा शाखा अधिकृत धनन्जय आचार्य लगाएतको उपस्थिति रहेको थियो ।  
सामाजिक विकास समितिका संयोजक टंक वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर स्वास्थ्य सह संयोजक डण्ड प्रसाद शर्माले गर्नुभएको थियो ।  
 


Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP