Listen Live

सल्ली चौरजहारी सडक पिच कहिले हुन्छ ?

सल्ली चौरजहारी सडक पिच कहिले हुन्छ ?
८श्रावण २०७६
गोपाल रेग्मी
रुकुम पश्चिमको चौरजहारीमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सल्ली चौरजहारी सडक खण्ड यथासिघ्र पिच हुनु पर्ने कुरामा जोड दिएका छन ।
चौरजहारी उद्योग वाणिज्य संघ र स्थानीय राजनितिक दलका कार्यकर्ताहरु संग भेटघाटको क्रममा कर्णाली प्रदेशका संसद गोपाल शर्मा अनल संग सहभागीहरुले सल्ली चौरजहारी सडक खण्ड पिच कहिले हुन्छ भनेर प्रश्न गरेका हुन ।
 सडक ओपन भएको १४ वर्ष पुगी सक्दा समेत हाल सम्म उक्त सडक खण्डको पिच कार्य नभएको भन्दै स्थानीयले प्रदेश संसद शर्मा संग गुणासो गरेका हुन ।
सल्ली चौरजहारी सडक खण्डको वाटो पिच नहुदा यस क्षेत्रका स्थानीयहरुले जाजरकोट सल्ली वजारको सडक प्रयोग गर्दै आईरहेका छन ।
विभिन्न समयमा संघिय संसंद मन्त्री तथा प्रदेश स्तरिय संसदहरुसंग सल्ली चौरजहारी सडक खण्डको कालो पत्रेका लागी माग गर्दै आईरहेको भएपनि हाल सम्म कामले पुर्णता नपाएको भन्दै उनीहरुले संसद अनल शर्मा संग कालो पत्रको काम कहिले हुन्छ भनेर प्रश्न गरेका हुन ।
रुकुम जिल्लाको दोस्रो व्यापारिक थलोका रुपमा लिईने चौरजहारी लाई सल्ली चौरजहारी तथा थारमारे चौरजहारी सडक खण्ड स्तरोउन्नोति नहुदा यस क्षेत्रको व्यापार व्यावसाय खस्कदो अवस्थामा रहेको वाणिज्य संघका अध्यक्ष प्रेम गहतराजले वताउनुभयो ।
भेटको क्रममा प्रदेश संसद गोपाल शर्मा अनलले सल्लीवजार चौरजहारी सडक खण्डको स्तरोउन्नोति तथा पिचको लागी संघिय सरकार र प्रदेश सरकारले वजेट विनियोजन गरी कामको प्रक्रिया अगाडी वढेको वताउनुभयो ।
एक अर्काे प्रसंगमा संसद शर्माले सरकार चौरजहारी लाई स्मार्ट सिटी वनाउने तयारीमा लागेको भन्दै स्थानीय वासीहरुको सहयोग आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा चौरजहारी नगरपालिका नगर परामर्श समितिका संयोजक प्रेम वहादुर वली , नेकपा का नेता क्रृषि प्रसाद शर्मा,पुष्प वादी  नेपाली कंग्रेसका नेता तिलक भण्डारी,स्थानीय शिक्षक वुद्धिविजी जन प्रतिनिधि एवम व्यापार व्यावसायीहरुको सहभागीता रहेको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP