Listen Live

चौरजहारी नगरको एक अनौठो मेला जहाँ पुरुष जान नपाउने व्यवस्था

चौरजहारी नगरको एक अनौठो मेला जहाँ पुरुष जान नपाउने व्यवस्था
१० भाद्र २०७६
आफनो एफ.एम. न्युज डेस्क
सुन्दा जो केहिलाई पनि अच्चम लाग्न सक्छ ? करिव ५० वर्ष पहिले देखि सुरुभएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ९ न्याउली वजारमा लाग्ने वाह्र भदौ मेला महिलाहरुको मेला भनेर प्रसिद्ध छ ।
वर्षायाम सकिए संगै जाडोयामको सुरुहुने र लेक तथा वेसिका महिलाहरु जम्मा भएर उक्त मेलामा रमाउने गरेको ईतिहासमा पाईन्छ ।
महिलाहरुले जंगलमा पाईने सिलिंगी नामको फुल काँधमा सिउरेर नाचगान गर्ने किंवदन्ती छ । महिला दिदीवहिनीहरुले एक आपसमा रमाउने उक्त मेलामा पुरुषहरु जाननपाउने व्यवस्था भएको स्थानीय वताउछन  ।
समय र परिस्थितिको परिवर्तन संगै २०४६ सालमा वहुदल को स्थापना भए संगै छिटफुट मात्रामा पुरुषहरु पनि उक्त मेला भर्न जाने गरेको स्थानीय जय वहादुर मल्लले वताउनुभयो ।
मल्लका अनुसार २०५६ साल पछि महिलाहरुको चेतना स्तरमा वृद्धि भए संगै पुरुषहरुका लागी पनि वाह्र भदौ मेला खुल्ला गरिएको वताउनुभयो ।
३ दशक पहिले वाह्र भदौको मेलामा महिलाहरुले पुरुषहरुलाई पुर्ण रुपमा प्रतिवन्ध लगाएका थिए तर पछिल्लो समयमा आएर महिला पुरुष वालवालिका वृद्धवृद्धाहरु मेला भर्ना आउने गरेका छन उहाँले भन्नुभयो ।
अहिलेको यो सुचना र प्रविधिको विकास संगै नगरको पहिलो मेला वाह्र भदौ मेलामा पुरुष र महिलाहरुको समान सहभागीता हुने गरेको छ ।
उसो त महिला पुरुष वीच लोक नृत्य भलिवल लगाएत विविध कार्यक्रम मेलाको अवसरमा संचालन हुदै आईरहेका छन ।
यस वर्ष पनि परमपरागत रुपमा लाग्दै आईरहेको १२ भदौ मेलाको अवसरमा खुल्ला भलिवल प्रतियोगीता संचालन हुन लागेको छ ।
स्थानीय गडीकारुनिक युवा कल्व ,गडी देउराली सामुदायिक वनउपभोक्ता समिति र न्याउली वजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा खुल्ला भलिवल प्रतियोगीता संचालन हुन लागेको हो ।
 प्रत्येक वर्ष मेलाको अवरमा न्याउलीवजारमा खुल्ला भलिवल तथा तीज विशेष सांस्कृतिक लोक नृत्य कार्यक्रम संचालन हुदै आईरहेकोले त्यसलाई निरन्तरता दिन कार्यक्रम संचालन गरीएको भलिवल खेलाडी भरत मल्लले जानकारी दिनुभयो ।
यस क्षेत्रको पुरानो खेलका रुपमा लिईने भविल खेल र तीज विशेष लोक नृत्य लाई जगेर्न गर्नको लागी स्थानीयहरुको सक्रियतामा कार्यक्रमको आयोजना गरीएको उहाँले वताउनुभयो ।
१२ भदौ मेलालाई चौरजहारी नगरपालिकाको पहिलो मेलाको रुपमा लिईने गरेको वडा नम्वर ९ का वडा अध्यक्ष महेश स्वर्णकारको भनाई छ ।
वर्षायामको समय सकिए लगत्तै सुरु हुने वाह्र भदौ मेला भर्ना  चौरजहारी नगरपालिका तथा छिमेकि जिल्ला जाजरकोट र सानीभेरी गाउँपालिका वाट मेलारुहरु आउने गरेका छन ।
भोली देखि संचालन हुने खेलमा ९ वटा समुहले नाम दर्ता गराएको आयोजकले वताएको छ ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP