Listen Live

स्वास्थ्य शिविर वाट ४ सय ७० जना विरामीको उपचार

स्वास्थ्य शिविर वाट ४ सय ७० जना विरामीको उपचार
१४ भाद्र २०७६
गोपाल रेग्मी
सल्यानको कुमाख गाउँपालिका वडा नम्वर ५ तिमिलेमा संचालन भएको २ दिने निशुल्क स्वास्थ्य शिविर वाट ४ सय ७० जना विरामीहरुले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन ।
कुमाख गाउँपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको थियो ।
शिविरमा ३५९ महिला र १११ पुरुष गरी कुल ४ सय ७० जना विरामीहरुले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका हुन ।
निशुल्क स्वास्थ्य शिविरमा नाक,कान, घाँटी,ज्वरो,महिलाहरुको तल्लो पेट दुख्ने,ग्यास्टाईटिस सम्वन्धि समस्या भएका विरामीहरुको उपचार गरीएको शिविरका संयोजक पुर्ण वहादुर थापाले जानकारी दिनुभयो ।
शिविरमा ३ जना स्वर वोलाई शारिरीक र मानसिक अपांगता भएका व्यक्तिहरुलाई  स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरीएको आयोजकले वताएको छ ।
शिविरमा अस्पतालका डाक्टर आषिस मर्हजनको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीको टिम खटेको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP