Listen Live

तेस्रो कुल जैसी स्मृति दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता

तेस्रो कुल जैसी स्मृति दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता
१८ भाद्र २०७६
न्युज डेस्क
रुकुम पश्चिम
तेस्रो कुल जैसी स्मृति दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं७ मा अवस्थित माध्यामिक विद्यालय कोटजहारीमा हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगीतामा आधारभुत विद्यालय मध्य ४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगीतामा सहभागी आधारभुत विद्यालय घर्तिकाँडा प्रथम,कालिका आधारभुत विद्यालय लयाँटा दितीय,र माध्यामिक विद्यालय कोटजहारीले तृतीय स्थान हाँसिल गरेका हुन ।
त्यसैगरी स्मृति दिवसको अवसरमा संचारको महत्व वारे वकतृत्वकला प्रतियोगीता समेत राखिएको थियो । उक्त प्रतियोगीतामा माध्यामिक विद्यालय कोटजहारीले स्थान हात पारेको छ ।
चौरजहारी नगरपालिका वडा नम्वर ७ निवासी स्वर्गीय कुल प्रसाद जैसीको २०७४ भाद्र १८ गते निधन भएको थियो ।
वुवाको संझनामा छोराहरु ईन्द्रलाल शर्मा,तिलक शर्मा र दुर्गा प्रसाद शर्माले विद्यालमा अध्ययनरत विद्यार्थीहरुको लागी रु ५० हजारको अक्षय कोषको स्थापना गर्नुभएको थियो ।
विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरु लाई विविध विधामा उक्त रकम वाट पुरस्कार प्रदान गर्दै आईरहेको कोषका अध्यक्ष ईन्द्रलाल शर्माले वताउनुभयो ।
वडा नम्वर ७ का वडा अध्यक्ष समेत रहेका शर्माले उक्त कोष वाट प्रदान गरिने पुरस्कारले विद्यार्थीहरु लाई प्रोत्साहन गर्नुका साथै उनीहरुको शैक्षिक क्रियाकलापमा समेत राहत पुरयाउने विश्वास लिएका कुरा व्यक्त गर्नुभयो ।
प्रतियोगीतामा सहभागी प्रथम दितिय र तृतीय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरीएको थियो ।
कार्यक्रममा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव रेग्मी सहभागी विद्यालयका शिक्षक एवम वुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP