Listen Live

गणित अंक २० वाट चौरजहारी नगरमा लाग्ने मेला

गणित अंक २०  वाट चौरजहारी नगरमा लाग्ने मेला
२० भाद्र २०७६
गोपाल रेग्मी
हिमाल पहाड तराई मधेस, भित्री मधेस भौगोलिक वनावट विभिन्न जात जाती र भाषा धर्म संस्कृतिले सुसजित हाम्रो देश नेपालका भिन्न भिन्न मौलिक कला सांस्कृतिहरु छन ।
 भौगोलिक रुपमा भन्नु पर्दा संसारमा नभएको सवै भन्दा अग्लो ठाउँ र नेपालको सवैभन्दा होचो ठाउँ पनि नेपालमा छ ।  
संसारकै अग्लो ठाउँ सगरमथा ८८४८ सोलुखम्वु जिल्ला र नेपालको होचो ठाउँ झापा जिल्लामा पर्ने केचनाकलव जुन समुद्री सतह वाट ५८ मिटर उचाईमा रहेको छ ।
सगरमथाको देश नेपाल भनेर विश्वले नेपाल लाई चिन्ने गरेको छ । नेपालका पुर्वमेची देखि पश्चिम महाकालीमा वसोवास गर्ने समुदायका आआफनै भुष भुषा भाषा संस्कृति कला रितिरीवाज छन ।
विविधतामा एकताका साथ वाँधिएको देश नेपालका परांमपरागत धार्मिक सांस्कृतिक कला कौशल रितिरिवाजले अहिले पनि निरन्तरता पाईरहेका छन ।
देशको भौगोलिक वनावट,नदि ताल तलैया,वन जंगल खनिज प्राकृतिक स्रोत र साधनहरुको नाम वाट कतिपय ठाउँ एवम पर्वहरुको नामकरण गरेको पाईन्छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ७ नार्जिमा पर्ने एक मेलाको नाम गणित अंक वाट नामकरण गरीएको छ ।
गणित अंक २० जोड अंक हो । रोमनमा एक्स पलस एक्स वरावर २० हुन्छ । अर्काे अर्थमा दुई वटा वर्ग संख्याको योगफल पनि वीस हो ।
यही गणित अंकलाई आधार मानेर भाद्र २० गते परमपरा देखि यस स्थानमा मेला लाग्दै आईरहेको छ ।
बीस गते स्थानीय मेलामा विविध कार्यक्रमको आयोजना गरेर सवैलाई एकै ठाउँमा जम्मा वनाउनु अर्थात जोडनु नै मेलाको मुख्य आकर्षक रहेको स्थानीय रिम वहादुर खत्रीले वताउनुभयो ।
चौरजहारी नगरपालिका न्यायिक समिति सदस्य समेत रहेका खत्रीले मेलाको अवसरमा वर्षेनी युवाहरुको सक्रियतामा स्थानीय कला सांस्कृतिलाई संरक्षण गर्नको लागी लोक नृत्य भलिवल छेलो लगाएतका खेलकुद समेत संचालन गर्दै आईरहेको वताउनुभयो ।
प्राकृतिक मनोरम मालिकाको फेदी र जहारी खोलाको किनारमा लाग्ने उक्त  मेला २०४८ साल देखि सुरुभएको वडा नम्वर ७ का वडा  अध्यक्ष ईन्द्रलाल शर्माले वताउनुभयो ।
मेलाको ऐतिहासीक महत्व छेलो नै हो । पहिले पहिले वहादुरहरुले ढुंगाको छेलो हान्ने मेलाको रुपमा  पनि वीसै मेलालाई लिने गरेका थिए अध्यक्ष शर्माले भन्नुभयो ।
२०४८÷४९ साल तिर छेलो फाल्नको लागी लाईन वस्ने सिस्टम थिएन एक जनाले फालेको  छेलो अर्काेले भुईमा पर्न नदिएर आकासमा नै छोप्ने गर्थे तर पछिल्लो समयमा आएर सिस्टमेटिक तरिका वाट छेलो खेल्ने संस्कारको विकास भएको वडा नम्वर ९ का अर्का वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिनुभयो ।
साथै मेला भर्नआएका मेलारुहरुले जहारीखोलामा पौडी खेलेर आनन्द लिने गरेको उहाँको भनाई छ ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि बीसै मेलाको अवसरमा खुल्ला भलिवल ,छेलो,तथा लोक नृत्य प्रतियोगीता संचालन भैरहेको आयोजकले वताएको छ ।
परम्परा देखि संचालन हुदै आईरहेका यस्ता मेला पर्वहरुको संरक्षण एवम संवद्र्धनको लागी स्थानीय सरकारले थप व्यवस्थापनको लागी पहल गर्नुपर्ने स्थानीयवासीको भनाई छ ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP