Listen Live

मुख्यमन्त्री शाहीद्धारा शोक व्यक्त, अस्पत्ताल पुगेर घाईहरुको स्वास्थ्यलाभको कामना

सुर्खेत, १६ मंसिर । 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीद्धारा सुर्खेत गजोनीमा भएको वस दुर्घटना र त्यसवाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले केही समय यता भईरहेका श्रृंखलावद्ध दुर्घनाहरु र त्यसवाट भईरहेको ठुलो मानवीय क्षतिले आफुलाई चिन्तित वनाएको वताउनुभएको छ । 
मुख्यमन्त्री शाहीले दुर्घटनावाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । 
यसैविच मुख्यमन्त्री शाहीले राती नै अस्पत्तालहरुमा पुगेर दुर्घटनाका घाईतेहरुलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । घाईतेका आफन्तहरुको अस्पत्तालद्धारा उपचारमा लापरवाही भएको गुणासो आएपछि मुख्यमन्त्री शाही अस्पत्ताल पुगेर उपचारमा कुनै कमी आउन नदिन  अस्पत्ताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP