Listen Live

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगरसभा सम्पन्न ः ४७ करोड ६७ लाख बजेट बिनियोजन

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको  नगरसभा सम्पन्न ः ४७ करोड ६७ लाख बजेट बिनियोजन
इन्द्र बुढाथोकी 
मंसिर १८ सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको तेस्रो नगर सभा सप्पन्न भएको छ । असार २५ मा सम्पन्न हुनु पर्ने नगरसभा नगर प्रमु ,उप प्रमुख र वडा अध्यक्षहरु बीच बजेट बाँडफाड र केही नीति निर्माणका विषयमा विवाद हुदा छ महिना ढिलो गरी  मंगलबार नगरसभा सम्पन्न भएको हो । सभामा नगर प्रमुख गोविन्दकुमार पुनले जनसरोकारका महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ। शिक्षा, स्वास्थ्य, कृषि ,खानेपानी विद्युतिकरण, नागरिकको जनजीवनसँग  प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम समेटिएको  । सभामा उपप्रमुख मन्जु यरीले आर्थिक वर्ष २०७५। ०७६ को ४७ करोड ६७ लाख ४ हजार बराबरको अनुमानित आयव्यय बजेट  प्रस्तुत गर्नु भएको थियो । नगरसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई नगरसभाले पारित गरेको छ । 
                             कुल बजेट मध्ये चालूतर्फ २९ करोड ९८ लाख ९२ हजार ५ सय र पुजीँगततर्फ १७ करोड ६८ लाख ११ हजार ५ सय रहेको छ । आन्तरिक राजश्वबाट ३० लाख, नेपाल सरकार वितिय समीकरण अनुदानबाट ११ करोड ६५ लाख, राजश्व वाँडफाडबाट ९ करोड ६३ लाख ७७ हजार, प्रदेश सरकारबाट ५५ लाख ३२ हजार, गत वर्षको मौज्दात ६ करोड ११ र नेपाल सरकार समाजिक सुरक्षा वितरण तर्फ ४ करोड रहेको छ ।
                          चालूतर्फ स्वास्थमा १ करोड २६ लाख , खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४,  कृषि तथा पशुमा  ८० लाख, उद्योग तथा वाणिज्यमा ७० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी पर्यटनमा ५० लाख, सहकारी १० लाख, सामाजिक विकास तर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार , धर्मसंस्कृती प्रर्वद्धनमा १३ लाख १० हजार  र  खेलकुद तथा मनोरञ्जन १० लाख बजेट विनियोजन गरिएको छ । लैङ्गिक समानता तथा समाजिक समावेशीकरणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६ , सिचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जा १ करोड ४ लाख,  वन तथा भू संरक्षणमा १० लाख रकम विनियोजन गरिएको छ । जलाधार संरक्षण १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन २० लाख,  फोहोर मैला तथा ढल व्यवस्थापन ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख, ३२ हजार ५ सय  बजेट विनियोजन गरिएको छ ।
  बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जु यरीले ढिलै भए पनि नगरमा विनियोजन वजेटबाट समुचित विकासमा कोसेढुङगा हुने बताउनु भयो ।
                      नगरसभाले बजेटका अतिरिक्त  दुई  दर्जन बढी ऎन,कानुन,कार्यविधि ,विधेयक पनि पास गरेको छ । अबदेखि नगरका सम्पूर्ण कामकाजले गतिलिने कुरामा नगरवासी विश्वस्त भएका छन् ।

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP